January 17, 2025, 10:13 pm
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

बारामा एक लाख १८ हजार मेट्रिक टन आलु उत्पादन

माघ ४, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

कलैया– बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ ।

जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए । उक्त क्षेत्रफल जग्गामा किसानले विभिन्न जातका आलु खेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव नौ प्रतिशतले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका  ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताए।

प्रतिक्रिया