January 17, 2025, 6:12 pm
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ कति ?

माघ ४, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं, । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ । बैकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामीमा ल्याएको हो ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
एनआइसी एसियाले पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया