January 17, 2025, 5:56 pm
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज

माघ ४, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज शुक्रबार बस्दैछ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने एजेन्डा पनि छ । सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर-४, बट्टार, नुवाकोटको सभा हलमा विहान साढे ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेकासेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन् ।

यस्तै, आर्थिक वर्ष २०८०-८१ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

प्रतिक्रिया