January 15, 2025, 5:52 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिए

माघ २, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् ।

सहकारी पीडितको पक्षवाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन ।

रबि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपीट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले स्थितिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाइ प्रदर्शनकारीवाट सुरक्षित स्थानमा राखिएको छ।

अदालतले लामिछानेलाइ थुन्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्क्यौल हुन बाँकी रहेका बेला लामिछानेका समर्थक भने अदालत बाहिर जम्मा भएका छन् ।

प्रतिक्रिया