काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
जसअनुसार अब उपभोक्ताले पेट्रोलको प्रतिलिटर १०९ र डिजेलको प्रतिलिटर ९७ रुपैयाँ तिर्नुपर्नेछ ।
इन्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढेर आएतापनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बताए । राजधानीबाट
यस बिषयमा तपाइको प्रतिक्रिया...!