आर पोखरेल
काठमाडौ ,मंसिरमा१ । नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ ।
सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ ।विदेशीको हस्तक्षेपबाट नेपालको भृुमी गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ । सुवास जिसीको छायाँकन , पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ ।
“गोर्खालीको शान “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!