काठमाडौं, २५ कार्तिक : अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङको यो वर्षको प्रतीक्षारत चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ। प्रेम गीत र प्रेम गीत २ को सफलतापछि प्रेम गीत ३ को निर्माण सुरु गरिएको हो। यो चलचित्रको शुक्रबार दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गरियो। मुहूर्तपछि चलचित्रको छायांकन सुरु गरिएको हो।
चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ। काठमाडौंको कीर्तिपुर क्षेत्रमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटमा फिल्मको छायांकन सुरु गरिएको हो। काठमाडौंको छायांकन सम्पन्न हुनासाथ मनाङको रमणीय स्थलमा छायांकन गरिने यसका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराए।
यो चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरु, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहने छ।
यो चलचित्र पूर्ण प्रेमकथामा आधारित रहने पनि यसका निर्माता तथा कलाकार, निर्देशक सन्तोष सेनले जानकारी गराए। यो चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गर्दैछन्। प्रेम गीत ३ को स्क्रिप्टलाई निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन्। यो चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ। साभार
यस बिषयमा तपाइको प्रतिक्रिया...!