January 12, 2025, 2:59 pm
» रवि लामिछानेलाई फेरि पठाइयो हिरासत » प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा » चाकु र तरुल मानव शरीरका लागि लाभदायक » भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत » १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से

चेक गणतन्त्रः रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु

पुस २८, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

प्राग, चेक गणतन्त्र, : चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

स्थानीय दमकल सेवाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “ग्यास हिटर विष्फोटपछि आगो निकै तीव्र गतिमा फैलिएको थियो।”

राजधानी प्रागबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा पर्ने मोस्ट सहरको एक हाउजिङ क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिबार राति २२ः१७ बजेबाट शुरु भएको आगो मध्यरातसम्म नियन्त्रणमा आएको दमकल सेवाले जनाएको छ ।

“सबै प्रयासका बावजुद आगलागीबाट छ जनाको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ।

घटनामा अन्य आठ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई मोस्टको प्राग र उस्ती नाद लाबेमको क्षेत्रीय राजधानीमा रहेका अस्पतालहरूमा लगिएको थियो।

आन्तरिक मामिलामन्त्री भिट राकुसनले अग्निनियन्त्रकहरूले रेष्टुरेन्ट र नजिकैको फ्ल्याटको ब्लकबाट करिब ३० जनालाई बाहिर निकालेको बताएका छन्।

प्रतिक्रिया