January 10, 2025, 7:00 pm
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’ : गृहमन्त्री लेखक

पुस २६, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

दोधारा चाँदनी (कञ्चनपुर),  गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै उहाँले समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएकाले यसविरुद्ध सामूहिक अभियान सञ्चालन गरिनुपर्ने बताउनुभएको हो ।

मन्त्री लेखकले पछिल्लो समय लागुऔषधबाट विशेष गरी किशोरकिशोरी प्रभावित भइरहेकाले विद्यायस्तरबाटै अभियान सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

स्थानीय सरकार र निजी सङ्घसंस्थाको भूमिका यसमा थप प्रभावकारी हुने उहाँको भनाइ थियो । “समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ ।

यसविरुद्ध अभियान सञ्चालन गर्नु आवश्यक छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै अभियन सुरुआत गरोस्”, गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरिएकाले यसको परिपालना र शैक्षिक गुणस्तर सुधारका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री लेखकले विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा छलफलकै क्रममा रहेको अब चाडै सो विधेयक पारित गरी शिक्षालाई सुलभ, सरल र सबैको पहुँच विस्तारमा सरकार केन्द्रीत हुने बताउनुभयो ।

प्रतिक्रिया