काठमाडौं, धनुषा, नगराईन नगरपालिका-२ स्थित नगराईन बजारबाट बा.११ च १२५० नम्बरको टाटा सुमोमा सवार भारत मधुबनी बस्ने ३० वर्षीय कुन्दन ठाकुर र धनुषा जनकपुर उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय सुरज ठाकुरलाई करिब ६ केजी ५ सय ग्राम चाँदीजस्तो देखिने बस्तु सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको उक्त गाडीलाई सिमा प्रहरी चौकी लग्माबाट खटीएको चेकिङ टोलीले जाँचको लागि रोक्न खोज्दा नरोकी फरार भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र सोही चौकीबाट खटीएको प्रहरीले नगराईन बजारमा फेला पारी जाँच गर्दा सुमोभित्र प्लाष्टिकको झोलामा लुकाइ ल्याएको उक्त पदार्थसहित गाडी र उनीहरूलाई नियन्त्रणमा लिएको हो । फरार रहेका गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, डुडुवा गाउँपालिका-३ पिप्रहवास्थित सडकबाट भारत बहराईज जिल्ला बस्ने ३३ वर्षीय गुरुदेव प्रसाद चौहान र ४४ वर्षीय ओम प्रकाश चौहानलाई करिब १ किलो चाँदीजस्तो देखिने वस्तुका विभिन्न गरगहनासहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी गस्ती टोलीले जाँच गर्दा यूपी ४० आर ९८५३ नम्बरको मोटरसाइकल आएका उनीहरूले मोटरसाइकलको डिग्गीमा सेतो कपडाले बेरेर लुकाएको अवस्थामा उक्त गरगहनासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!