January 22, 2025, 6:03 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

यस्तो पो छ त रवि लामिछानेका बारेमा प्रश्न ! हैन कति ठग्न सकेको ?

पुस २४, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं, । ठग्ने र बदमासी गर्ने अर्के तर राजनीतिक दल र तिनका नेताहरुलाई असफल, केही परिवर्तन गर्न नसकेका, भ्रष्ट भन्ने प्रचारमा रमाइरहेका नेपालीले अब नयाँ भन्दै आएका ललिते कुरा गर्नेहरुको कर्तुत बुझनै पर्ने भएको छ ।

पोखरा-४, कास्कीमा रहेको सूर्य दर्शन वचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ ।

प्रमुख शहरका सहकारी संस्थाको अबौं रुपियाँ ठगेर पुराना राजनीतिक दलहरुलाई असफल र आफू अब्वल भन्ने देखाउन पार्टी बनाएका रविले ठग्न पनि कति सकेका रहेछन् ?

लाज डर नमानी ठगीको जगमा नयाँ पार्टी र नेताको हावा फैलाएका रवि राज्यको कानुनी प्रक्रियामा अझै दुई वर्ष बिताउनुपर्ने देखिएको छ ।

कास्की अदालतमा गत शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायव महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् ।

सो अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भएको हो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, सुशील पन्त, डा नारायण घिमिरे, नारायणदत्त कँडेल, हरि सुवेदी, रोहितराज पराजुलीलगायतले बहस गर्ने तयारी छ ।

मङ्गलबार या बुधवार प्रतिवादीहरूको बहस सकिने र त्यसपछि जवाफी हुनेछ । जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

पुस २ गते उनीहरूविरुद्ध पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको थप अभियोग लगाइएको छ । पूरक र थप गरी सूर्य दर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन् ।

उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो ।

यता काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोगविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले पनि रास्वपाका सभापति रविसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत विहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । प्रहरीले एक अर्व १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो ।

४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रहरीको राय छ । यो मुद्दामा नाम ठेगाना खुलेका ३९ जना प्रतिवादीविरुद्ध मुद्दा हुनेछ। यस सहकारीको ठगीमा जिवी राईले व्यक्तिगत रूपमा सहकारीबाट ६१ करोड ७१ लाख ३६ हजार ९ सय ६५ रुपैयाँ लिएको देखिएको छ ।

उनका दाइ देवेन्द्रबाबु राईले १२ करोड ७६ लाख ६८ हजार ९०० रुपैयाँ र कुमार रम्तेलले ४ करोड ६१ लाख ८७ हजार ४१ रुपैयाँ लिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै कविता तामाङले २५ लाख, हेमन्त अधिकारीले तीन करोड ४८ लाख ८० हजार ८०९, रविना रिमालले ३० लाख, दिपक लामाले ३ करोड ८४ लाख ४३ हजार ४६८, प्रदिप लामाले ३ लाख र नविन अछामीले ८९ लाख ६५ हजार ८६१ लिएको देखिएको अनुसन्धानमा देखिएको हो ।

प्रहरीले अनुसन्धान गर्दा सहकारीबाट कम्पनीमा गएकोतर्फ पनि छुट्टाछुट्टै प्रतिवादी बनाएर बिगोलाई असुल गर्न माग गरेको छ । यस सहकारीबाट पनि विभिन्न मितिमा गोर्खा मिडिया नेटवर्क प्रलि.मा रकमान्तर भएको देखिन्छ ।

सरकारी वकिलको कार्यालयले यसबीचमा संचालक भएकाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो । २०७७ भदौ १४ गते स्थापना भएको उक्त मिडियामा सुरूमा जिवी राई र छविलाल जोशी संचालक थिए । जोशीले २०७३ असोज २३ गते कम्पनीको सञ्चालकबाट  अलग भएका थिए।

त्यस्तै रवि लामिछानेले २०७७ चैत २० गते १ लाख ८० हजार शेयर खरिद गरेर २०७९ असार १ गते शेयर बिक्री गरी सो कम्पनीवाट अगल भएका थिए । कुमार रम्तेल पनि २०८० वैशाख १८ गते कम्पनीको संचालकमा नियुक्त भएका थिए ।

उक्त कम्पनीमा स्वर्णलक्ष्मी सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ सञ्चालकद्वय जिबी-रविको हकमा बिगो मागदाबी गरेको छ । अर्का सञ्चालक छविलाल जोशीको हकमा मात्रै ५ करोड ७८ लाख ९६ हजार ४५० रुपैयाँ बिगो माग गरेको छ ।

त्यसैगरी अन्य कम्पनीहरू जिबी ग्रुप अफ कम्पनीज, हर्बो इन्टरनेशनल, नेचर नेष्ट लगायतका संचालकहरूलाई पनि प्रतिवादी बनाएर रकम असुलीको माग गरेको छ ।

जिवी ग्रुप अफ कम्पनीजमा मात्रै स्वर्णलक्ष्मीबाट एक करोड ६९ लाख २३ हजार ३०७ रुपैयाँ ऋण लिएर अपचलन गरेको आरोप छ । यसका अध्यक्ष जिबी राई नै थिए ।

राई, शेयरधनी सञ्चालकहरू कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमालसँग उक्त रकम बिगो असुल गर्न माग छ ।

हर्बो इन्टरनेशनल प्रालि.मा स्वर्णलक्ष्मीबाट १० करोड २७ लाख ५२२ रुपैयाँ गएको थियो । हर्बोकी अध्यक्ष कविताबाट उक्त रकम असुल गर्नुपर्ने माग छ ।

नेचर नेष्टमा एक करोड ९३ लाख २ हजार ६०३ रुपैयाँ गएको भन्दै अनन्तबाबु राई, खिमानन्द कँडेल, श्रीबल्लभ नेपाल र गोकुल श्रेष्ठबाट उक्त रकम असुलीको माग गरिएको छ ।

स्पिरिङ उड रियलस्टेट प्रालि.ले एक करोड ३३ लाख ३६ हजार ४३० रुपैयाँ अपचलन गरेको भन्दै भगवती बम्जनविरूद्ध उक्त रकम कायम गरेको छ ।

न्यु स्लक्स अफसेट प्रिन्टर्स प्रालि.ले पनि गैरकानुनी तरिकाबाट ५३ लाख १५ हजार २८५ रुपैयाँ लिएको भन्दा देवकुमार तामाङलाई प्रतिवादी बनाइएको छ ।

गोरखा ग्रुप अफ कम्पनीबाट ४० लाख ७ हजार ७२३ रुपैयाँ अपचलन भएको छ । सारेगम रेकर्डस प्रालि.ले ५३ लाख १५ हजार २८५ रुपैयाँ अपचलन गरेको भन्दै किरण पुडासाईबाट रकम असुलीको बिगो कायम गरेको छ ।

मन्दरा टुर्स एण्ड एक्सपिडिसन प्रालिबाट जिबी राई र हेम्न अधिकारीले दुई करोड ३ लाख एक हजार ३४० रुपैयाँ अपचलन गरेका हुन् ।

गोर्खा हर्बल प्रोडक्सनमार्फत जनक भट्टराईले एक करोड ८२ लाख ८५ हजार ७४५ रुपैयाँ अपचलनको आरोप छ ।

प्यागोडा होम्स प्रालि.ले एक करोड १० लाख ७५ हजार ५७३ रुपैयाँ अपचलन गरेको भन्दै अनन्तबाबु राई, भूपेन्द्र राईसँग बिगो माग गरिएको करेन्टमा खबर छ ।

भूपेन्द्रबाटै देव दीप एग्रिकल्चर एण्ड एनिमल हस्वेण्ड्री फार्ममा गएको ३ करोड ७८ लाख ७ हजार ९३६ रुपैयाँ बिगो कायम गरेको छ ।

भगवती वालुवाखानीबाट ७६ लाख ९० हजार ८९३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया