January 9, 2025, 4:43 am
» यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर » अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द » विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट » धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती » सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

आसामको कोइला खानीमा एक नेपालीसहित नौ कामदार फसे

पुस २३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

नयाँ दिल्ली : आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित नौ जना मजदुर फसेका छन्।आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको बताए। आसाम सरकारले खानीमा फसेका मजदुरहरूको सूची जारी गरेको छ। यी मजदुरमध्ये एक नेपाली रहेको जनाइएको छ।
घटनास्थलमा खटिएको टोलीका अनुसार खानी भित्र करिब सय फिट पानीको रहेको छ। विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ र उनीहरू छिट्टै यहाँ पुग्ने अपेक्षा गरिएको छ।

कोइला खानीमा सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न गएका मजदुर खानी भित्र फसेका हुन्। खानीमा बिहानैदेखि केही मजदुर फसेको घटनास्थल नजिकै रहेका एक घाइते मजदुरका आफन्तले बताए।

खानीमा एक्कासी पानी भरिएर दुर्घटना भएको जनाइएको छ। उक्त कोइला खानी करिब ३ सय फिट गहिरो रहेको बताइएको छ। बीबीसी

प्रतिक्रिया