March 11, 2025, 7:20 am
» युक्रेन युद्धमा रोल्पाका पूर्व वडाध्यक्षको निधन » पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान » हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण » फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ » वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सम्पन्न

पुस २३, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त एघारौं वार्षिक साधारण सभाबाट आ.व. २०८०/८१ को लेखा परीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमितकुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन हुनु भएको छ ।

साथै, वार्षिक साधारण सभापश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया