January 22, 2025, 11:42 am
» राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

पुस २२, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौँ, 

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन(एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट १०ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ । हाल प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया