January 22, 2025, 6:49 am
» सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित

पुस २१, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौं– अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ ।

दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अस्ट्रेलिया पनि भारतसँगको शृङ्खलामा ३-१ को सफलता पाउँदै टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

शृङ्खलाको अन्तिम खेलमा कप्तान जसप्रित बुमराहको चोटको फाइदा उठाउँदै अस्ट्रेलियाले  भारतलाई ६ विकेटले हराएको हो  ।

१६२ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गर्ने क्रममा बेउ वेबसेटरले अविजित ३९ तथा ट्रेभिस हेडले ३४ रनको योगदान गरे । वेब सेटरको यो पहिलो टेस्ट हो । उनले पहिलो पारीमा अस्ट्रेलियाका लागि सबै भन्दा धेरै रन प्रहार गरेका थिए ।

पहिलो पारीमा भारत १८५ रनमा सीमित भएको थियो । अस्ट्रेलिया पनि १८१ रनमा नै समेटिए पछि टेस्ट रोमाञ्चक बनेको थियो । भारत दोस्रो पारीमा १५७ रनमा रोकिएको हो ।

अस्ट्रेलियाले पनि ३९ रनमा चौथो विकेट गुमाए पछि भारतको विजयी हुने सम्भावना देखिएको थियो । प्रसिद्ध कृष्णले सुरुवाती ३ विकेट लिएका थिए । उनले पहिलो पारीमा पनि ३ विकेट लिएका थिए ।

अस्ट्रेलियाको विकेट जाने क्रमलाई रोक्दै वेब सेटर र हेडले जित दिलाए पछि भारतले गावस्कर बोर्डर ट्रफी पनि गुमाएको छ । यस टेस्टमा जोस हेजलउडको स्थानमा टोलीमा मौका पाएका स्कटबोल्यान्डले २ पारीमा गरी कुल १० विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया