काठमाडौं, नेपाली फिल्म निर्माता तथा वितरक गोविन्द शाही पक्राउ परेका छन् । बुधबार शाही अपराधिक विश्वास घातको आरोपमा पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
फिल्म ‘लिलिबिलि’ का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले करिब एक वर्ष अगाडी गोविन्द शाही बिरुद्ध अपराध महाशाखामा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा शाहीलाई बुधबार सोधपुछका पक्राउ गरिएको हो । ‘लिलिबिलि’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बुझिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!