आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मगर पक्राउ

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

उदयपुर । आफ्नै श्रीमती ३० वर्षीया मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-५ बस्ने तिर्थ आले मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादका क्रममा तिर्थ आलेको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा  मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!