काठमाडौं । टिभि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछाने सहित तीन जनालाई ५ दिनको म्याद थप भएको छ ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेका टीभी प्रस्तोता रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गर्ने भन्ने विषयमा जिल्ला अदालत चितवनमा बहस भएको थियो ।
बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएका रवि लामिछाने, युवराज कडेल र अस्मीता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदातमा थुनछेक बहस पछि उनीहरुलाई पाँच दिन सम्म म्याद थप गरि अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!