जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन : उपाध्यक्ष गुरुङ्ग

- August 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल माझी महिला उत्थान संघले आयोजना गरेको सचेतना कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्गले आदिवासी जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको वताउनु भएको छ ।

कार्यक्रममा वोल्दै उपाध्यक्ष गुरुङ्गले कार्यक्रम बजेट २ करोड कार्यान्वयनको लागि ४ करोड प्रशासनिक खर्च छुट्टाएर सरकारले अचम्मको नीति अपनाएको वताउनु भएको छ ।

कार्यक्रममा काठमाण्डौ महानगरापलिका वडा नं. ४ का वडा अध्यक्ष  मोहन बहादुर बिष्टले  माझी समुदायको विकास र उत्थानको लागि वडाले गर्नु पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै शिक्षामा जोड दिनु पर्ने वताउनु भएको छ ।

साथै कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्ष चिनिमाया माझी, नेपाल माझी उत्थान संघका सल्लाहकार धन बहादुर माझी, नेपाल माझी विद्यार्थी संघका महासचिव कर्ण बहादुर माझी, माझी चलचित्र कर्मी संघका अध्यक्ष विन्दु माझी, माझी अनुसन्धान तथा विकास अध्ययनका सचिव हरि बहादुर माझी, सल्लेपानि देवि सामाजिक संस्थाका सचिव सूर्य माझी, नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य सन्त बहादुर माझी लगायतले कार्यक्रमको सफलताको शुभकामना दिँदै विकास र उत्थानमा यो कार्यक्रम पछि सवै महिला नेृतृत्व आफ्नो समाज र समुदायमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा ३ नंं. प्रदेशसभा सदस्य तथा नेपाल माझी महिला उत्थान संघकि अध्यक्ष मा. रिता माझीले माझी समुदायको विकास र उत्थानको लागि अब हामी सजग भई अगाडी बढ्नु पर्ने वताउँदै आगामी कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति र काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुरमा १४ महिना संचालन हुने कार्यक्रमको बारे विस्तृत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा आईएलओ १६९ को बारेमा दिनेश घले, दिगो विकासको लक्ष्यहरु बारे दुर्गा याम्फु राई र भाषिक अवस्थाको बारे धन बहादुर माझीले प्रशिक्षण दिनु भएको छ । कार्यक्रम भोली सम्म संचालन हुनेछ । कार्यक्रम आदिवासी जनजातिहरुको वकिल समूह लाहुर्निपले आर्थिक सहयोग गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!