October 18, 2024, 8:33 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

झाँझ खोलामा बेवारिसे शव फेला

साउन ८, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ ।

गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए।सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजित कुमार सिंहको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय गरुडाबाट  १० जनाको संयूक्त टोलीले उक्त शव लाई बिहान ८बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकाली घटना स्थलामा मुचुल्क उठाउने कार्य भईरहेको छ ।

बरामद शवको हालसम्म पहिचान नखुलेको तथा पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईने सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया