थापाको ‘किन आउँछ याद तिम्रो’ गीत सार्बजनिक

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ, बरिष्ठ गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएको (रिमेक) गीत किन आउँछ याद तिम्रो बोलको गीत सार्बजनिक भएको छ ।

प्रसिद्ध संगीतकार स्वर्गीय नातीकाजीको संगीतमा रहेको यस गीत किन आउँछ याद तिम्रो गीतकार बी.बी थापाको आफ्नो युट्यूव च्यानल बी.बी थापा इन्टरटेनमेन्टबाट सार्बजनिक गरिएको हो ।

यस अघि पहिले नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ । यहि गीत ‘किन आउँछ याद तिम्रो‘ मा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री अनामिका चौलागाई फिचरिङ भएका छन् ।

गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् भने यसको निर्देशन युवा कवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!