काठमाडौं ; पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ‘कालो कालो’ को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।
तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन ।
प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिडियोमा रहेको छ । ‘कालो कालो’ गीतको भिडियोमा अर्जुन, ईश्वरी र ताराको फिचरिङ रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!