यसरी मनाउँदै छन् पूर्वराजाले जन्मोत्सव !

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,विगत एक महिनादेखि  सपरिवार थाइल्यान्डको सुक्मित रोडस्थित निजी निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह यही असारको दोस्रो साता स्वदेश फर्कँदैछन् ।

आफ्नो ७३औं जन्मोसव स्वदेशमै मनाउने सिलसिलामा पूर्वराजा शाह असार १५ या १६ गते स्वदेश फर्कने राप्रपा स्रोतले जनाएको छ ।

उनको स्वागतका लागि कसले धेरै मान्छे उतार्ने भन्ने सन्दर्भमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र कमल थापा नेतृत्वको राप्रपाबीच प्रतिस्पर्धा चलेको छ ।

राणा नेतृत्वको राप्रपाले काठमाडौं उपत्यकामा सुरु भएको गुठीसम्बन्धी विधेयकविरुद्धको आन्दोलनमा सहयोग गर्न केन्द्रीय सदस्य राजाराम श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । गुठी विधेयक सरकारले फिर्ता नलियोस् र आन्दोलन थप चर्कियोस् भन्ने प्रार्थना राजावादीहरूले गरिरहेका छन् ।

थाइल्यान्डबाट दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरी स्वदेश फर्कने तयारीमा पूर्वराजा शाह थिए । तर मोदीसँग भेटघाटको समय नमिलेका कारण सिधै काठमाडौं आउने उनको तयारी छ ।

समाचार स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग प्रत्यक्ष भेटघाट नभए पनि विशेष दूतमार्फत पूर्वराजा शाहको लामो कुराकानी भएको थियो । 

स्रोतका अनुसार छोरा पारस शाह यसअघि नै राजपरिवारबाट आफैं ‘इनआउट’ भइसकेकाले थप घोषणा गरिरहनु नपर्ने जानकारी पूर्वराजा शाहले विशेष दूत पशुपतिशमशेर राणामार्फत भारतका प्रधानमन्त्री मोदीलाई गराएका छन् । साथै, एक वर्षपछि नातिलाई गद्दी सुम्पन पनि आफू तयार रहेको जानकारी उनले गराइसकेको बुझिएको छ ।

राप्रपा अध्यक्ष राणाले दुई साताअघि पूर्वराजा शाहको विशेष दूतका रूपमा भारत गएर त्यहाँका प्रधानमन्त्री मोदी तथा भाजपाका अध्यक्ष अमित शाहलाई भेटेको स्रोतहरूले बताएका छन् । दोस्रो भेटका लागि अध्यक्ष राणा आगामी शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।

समाचार स्रोतका अनुसार राणा यसअघि पूर्वराजा शाहको विशेष दूतका रूपमा दिल्ली गएका थिए भने अब भाजपाको निमन्त्रणमा दिल्ली जाँदैछन्, तरुणमा उल्लेख छ ।

समाचार स्रोतका अनुसार पूर्वराजा शाहले २०६० सालमा समेत २०१७ सालको जस्तै सपना देखेकाले उनका छोरा पारस शाह ज्यादै बद्नाम भएकाले नेपाली जनता राजतन्त्र पुनर्बहालीको पक्षमा सहज रूपमा नआएको भारतीय सत्तारुढ भाजपाको निचोड छ । नाती हृदयेन्द्र राजा हुने अवस्थामा जनताले स्वीकार गर्न सक्ने रिडिङ उसको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!