रोशन कार्की, काठमाडौं, शक्ति र पैसा भएपछि यो देशमा जस्ले जे गर्दा पनि छुट पाइदै आएको छ । पैसाका अगाडी ऐन कानूनको समेत केही लाग्दो रहेनछ ।
उद्योग चलाएको होस या अबैधरुपमा कारोबार नै किन नगरेको होस्, पैसाको थैली बुझाउनुहोस त्यो कानून विपरित गरेको कुनै पनि काम सरकारले देख्दैन । यहाँ यस्तै भएको छ ।
वातावरणलाई नै प्रभावित बनाई अधिकाशं जनतालाई रोगी बनाई विश्वको धनीको सूचीमा नाम लेखाएका नेपाली काँग्रेसको तर्फबाट सासद बनेका चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीको कम्पनीबाट निष्किएको विशालु धुँबा ।
विहानैदेखि सो ग्रुपअन्तरगतको कम्पनीबाट धुँबाको मुस्लो सिधै बाहिर फ्याकिएको छ । सरकारसंग अनुमती लिई वातावरणलाई समेत असर नपर्ने गरी उद्योग सञ्चालन गर्छु गराउछु भन्दै स्थापना भएको सो ग्रुपको कम्पनीले वातावरणलाई नै प्रत्यक्ष रुपमा असर पुग्ने गरी सञ्चालन भएपनि सरकारले सो न देख्न सकेको छ न सूचनालाई अध्ययन गर्ने र सूचनाको आधारमा अनुसन्धान नै गरेको छ ।
सोही मौका छोप्दै चौधरी ग्रुपबाट भएको गैरकानुनी कामले तीब्रता त पाएको छ त्यससंगै देशले पाउने राजस्व समेत छली गर्दापनि कारबाही हुने गरेको छैन ।
वातावरण र स्थानीय बासिन्दाको स्वास्थ्यसंग खेलवाड गर्दै विश्वको धनीको सूचीमा नाम लेखाएका डलरअर्वपति सांसद बिनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले वाइवाइ चाउचाउ उत्पादन गर्दा खुला रुपमा छोडिएको धुँवाका कारण भैसेपाटी क्षेत्रमा विभिन्न प्रकारको रोगबाट स्थानीय बासिन्दा ग्रसित भएका छन् ।
सो कारखानाबाट अव्यस्थीत रुपमा बाहिर खुला आकाशमा छोडीइको धुँवाको मुस्लो सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि नभएर एउटा व्यक्तिलाई अर्बौंपति बनाई जनतालाई दुःखी र रोगी बनाउने धुँवाको मुस्लोका रुपमा रहेको स्थानीय बासिन्दाको भनाई छ ।
ललितपुर जिल्लाको कार्यविनायक नगरपालिका भैसेपाटीमा रहको नेपाली काँग्रेसका सांसद बिनोद चौधरीले खोलेको वाईवाई चाउचाउ कारखानाबाट निस्कीएको मुस्लोले भैसेपाटी बासीलाई मात्रै नभएर सिङ्गो काठमाडौंलाई समेत प्रदूषित बनाउदै आएको छ ।
भैसेपाटीको मुल सडक छेउमा रहेको वाईवाई चाउचाउ कारखानाले चाउचाउ तयारी बनाउन धानको भुस प्रयोग गरेर दिनहुँ प्रदूषण बढाइरहँदा सरोकारवालाहरुबाट भने कुनै प्रकारको अनुगमन समेत गरेका छैनन् ।
निर्वाचनका समयमा प्रदुषण मुक्त क्षेत्र बनाउने सपथ खाएका सांसद पम्फा भुसाल समेत सो भैसेपाटी वरिपरी भएको प्रदूषणको विषयमा मौन बसेको छ ।
कारखानाको नजिकै घर भएका अर्का सांसद जीवन खड्का पनि सोे विषयमा कुनै चासो नदेखाई चुपचाप बसेकै कारण सो अबैध कार्यमा चौधरीबाट गैरकानुनीमाध्यमबाट थैली बुझ्ने गरेको प्रष्ट भएको छ ।
सो कारखानाले क्यान्सररुपी धुँवाको मुस्लो बाहिर फ्याक्दा समेत सरकारी निकाय मौन बसेको छ । अझ भन्ने हो भने सूचना दिनेलाई नै उल्लु बनाउदै खै कहाँबाट आएको छ धुँबा भन्दै आएका छन सरकारी कर्मचारीहरु ।
विश्वका धनी चौधरीको वाइवाइ चाउचाउको कारखानाले जनतालाई क्यान्सरको रोगीका साथै स्वासप्रस्वासको रोगी बनाएको आरोप स्थानीय बासिन्दाको रहेको छ । प्रदूषण बढाउनका लागि चौधरी ग्रुपको वाईवाई चाउचाउको कारखानाबाट निस्कीएको धुवाँका कारण सो क्षेत्रका बासिन्दाहरुमा अत्याधिकमात्रामा स्वासप्रस्वासको रोगले सताएको छ ।
सो सम्बन्धमा पटकपटक चौधरी समूहअन्तर्गतको सीजी फूड्र्स नेपालमा धुँबाको व्यवस्था गर्न आग्रह गर्दा सो आग्रहलाई बेबास्ता गरी चौधरी बसेका छन् । सो कम्पनीले उत्पादन स्वीकृति लिने समयमा वातावरणमाथी कुनै प्रकारको प्रभाब नहुने र वातावरणप्रति सचेत रहेर उद्योग सञ्चालन गर्ने भन्दै पेश गरेको दर्ता कागजमा उल्लेख छ ।
कागजमा उल्लेख भएअनुसार न चौधरीले पालना गरेको छ न पालना गराउने सरकारी नियकाले सो सम्बन्धमा चासो नै देखाएको छ । मात्र चासो देखाएको छ कहाँबाट मनग्य पैसा आउछ ? यही लोभी पापीकै फाईदा उठाएर चौधरी विश्वको धनी भन्न सफल भए तर स्वदेशमा विषादी भरिएको कालोधुँबा बाहिर बस्तीमा फाल्दै आएको छ ।
सो कम्पनीले वातावरणलाई नै बिग्रार्ने गरी धुवाँको मुस्लो बाहिर छोडेर आफ्नो उत्पादन गर्दै आएको छ । सो सम्बन्धमा स्थानीय सरकार समेत चुप बसेका छन् ।
एकातर्फ गुणस्तहिन चाउचाउ उत्पादन गरेर आम उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड गर्दै आएको सो कम्पनीले पछिल्लो समयमा खुला रुपमा बाहिर हिड्न समेत नसकिने गरी उद्योगबाट खुला आकाशमा छोडिएको धुवाँका कारण दैनिक हिड्डुल गर्न समेत कठिन भएको छ ।
ललितपुरको घनाबस्ती बीच रहेको सो उद्योगबाट निस्किने धुवाँले स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको भन्दै स्थानीय बासिन्दाले पटकपटक स्थानीय निकायमा गुनासो गर्दा समेत सो समस्या समधान गर्नेतर्फ सरकारले ध्यान दिएको छैन ।
सो उद्योग क्षेत्रबाट निस्कने धुवाँ र ध्वनि प्रदूषणको वातावरणीय अवस्थाबारे प्रभाव मूल्यांकन समेत सरकारले गरेको छैन । सो उद्योगबाट दैनिक रूपमा निस्कने गरेको धुवाँ र ध्वनि प्रदूषणबाट जनजीवन र वातावरमा प्रतिकूल असर परिरहेको भन्दै तत्काल नियन्त्रणका लागि स्थानीय निकायमा पीडितको तर्फबाट अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको पीडितहरुको भनाई रहेको छ ।
पछिल्लो समयमा सो धुवाकै कारण सयौं बिरामी उपचारका लागि अस्पलात आउने गरेको भनाई अस्पताल प्रशासनले जनाएको छ । सो उद्योगबाट निस्किने धुवाँको मुस्लो मानव बस्तीमा फैलिने गरेको छ । उद्योगले घना मानवीय बस्तीमा धुवाँको कालो मुस्लो फाल्दै आएको छ ।
सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव नपार्ने गरी उद्योग सञ्चालन गर्नु पर्नेमा सो तर्फ चौधरी ग्रुपले कुनै योजना समेत नबनाएको सो कम्पनीमा कार्यरत एक कर्मचारीले गोप्य रुपमा बताएका छन् ।
मानवीय घना बस्तीमा उद्योगले प्रदूषित धुवाँ फालेपछि नियन्त्रणका लागि उपमहानगरपालिकाले कुनै ताकेता अहिलेसम्म गरेको रेकर्ड स्थानीय निकायमा छैन ।
सरकारी तवरबाट कुनै पहल नभएपछि रात–दिन सञ्चालन हुने उद्योगले कालो धुवाँको मुस्लो फालेको भन्दै विरोध गरेको भएपनि केही नजनारा दिएपछि सम्बन्धित निकायका कर्मचारीहरु चुप बस्ने गरेकै कारण चोधरी ग्रुपको अबैध कृयाकलापले तीब्रता पाएको हो ।
उद्योगको स्थापनापछि यस क्षेत्रको उत्पादनमा वृद्धि, आयात, प्रतिस्थापन, रोजगारीको अवसर, सरकारलाई राजस्वको सिर्जना, उद्यमशीलताको विकास प्रचुर मात्रामा भई सर्वसाधारणको आर्थिकस्तरमा अभिवृद्धि गर्नमा सहयोग पुग्नु पर्न हो तर सो नभई चौधरी ग्रुपले नक्कली विवरण पेस गरेर सो वाइवाइ उद्योग बस्तीको माझमा स्थापना गरेको छ ।
सो धुवाँ र धुलोका कर्णका कारण सो जिल्लाका अधिकांश वृद्धवृद्धामा छातीसम्बन्धी रोग देखिएको छ । बढ्दो प्रदुषण र धुलो–धुवाँका कारण ज्येष्ठ नागरिकहरुमा छातीसम्बन्धी समस्या बढेको देखिएको अस्पताल प्रशासनको भनाई रहेको छ ।
बेलाबखत हुने निःशुल्क क्लिनिकमा उपचारकालागि आउनेमध्ये अधिकाशंको स्वासप्रस्वासमा समस्या देखिएको तथ्याङक रहेको छ । छातीरोग विशेषज्ञका अनुसार धुलो–धुवाँ र प्रदुषणको असरले वृद्धवृद्धामा छातीको संक्रमण बढ्दै गएको बताएको छ ।
एकातर्फ अर्वौ रुपैयाँ नक्कली भ्याट विलबाट कर छली गर्दै आएको चौधरी ग्रुपका अध्यक्ष तथा पैसाले सासद पद खरिद गरेका बिनोद चौधरीलाई भ्रष्टाचार निर्मुल पार्छ भन्दै हुँकार गर्ने केपी ओली नेतृत्व सरकारले समेत सो ग्रुपमाथी कुनै कारबाही गर्न नगर्नुले पनि अझै शंका बढाउदै गएको छ । जय होस । (साभार : जनमञ्च साप्ताहिकबाट)
यस बिषयमा तपाइको प्रतिक्रिया...!