काठमाण्डौ । राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई’ को भिडियो सार्वजनिक गरिएको छ । मिना लामाको शब्द, संगीत रहेको गीतमा सुश्मिता राई र मित्र केसीको स्वर रहेको छ । ‘नेपाल आमालाई’ बोलको गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’ले निर्देशन गरेका हुन । भिडियोमा मिना लामा, राजकुमार महर्जन र राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरु फिचरिङ्ग छन । भिडियोमा राम सिङ भाटको छायांकन र लोकेश भाटको सम्पादन रहेको छ । भिडियोलाई वल्र्ड भिजन मिडियाले बजार ब्यवस्थापन सम्हालेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!