December 22, 2024, 6:29 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

पुस ७, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

झापा, यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।

बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ ।

झापामा लागुऔषध कारोबार गरेको अभियोगमा शनिबार एकैदिन पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

प्रतिक्रिया