January 23, 2025, 5:28 pm
» काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ » गोरखामा महिलाको शव फेला » फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक » मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु » असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणको चर्चासँगै परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

पुस ४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

प्रधानमन्त्री केपी शर्मा ओली पुसभित्रै भारत भ्रमणमा जान लागेको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीबाट सोझै नयाँ दिल्ली पुग्नुभएको छ ।

यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलगायत विभिन्न कार्यक्रममा भाग लिन अघिल्लो साता नेदरल्याण्ड्स, जर्मनी, लक्जेम्बर्ग जानुभएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्नुभएको हो ।

उहाँ भोलि त्यहाँ आयोजना हुन लागेको इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनुहुने छ । दिल्लीमा रहँदा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना रहेको बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री दिल्ली पुगेको अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीलाई भारतीय संस्थापन पक्षले ‘महत्व नदिएको’ भनिएका बेला उहाँको दिल्ली दौडलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया