December 23, 2024, 1:42 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

प्रधानमन्त्रीले दायाँबायाँ भ्रष्टाचारी राखेर बसेको नेता किरातीको टिप्पणी

पुस ४, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले आफूहरु सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।

हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सरकार ढाल्ने र अर्को बनाउने खेलमा नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबल भने कमजोर देखिएको बताए ।

प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत हुँदा पनि मिनेट–मिनेटमा यो सरकार पूरै अवधि चल्छ भनेर भन्दै हिँड्नुले सरकारको स्थायित्वबारे आशंका जन्मिएको बताए ।

अहिले सत्तामा रहेकाहरुको काम सरकार ढल्दैन भनेर झ्याली पिटेर हिँड्नुबाहेक अरु केही नै नभएको उनको टिप्पणी छ ।

‘दुई तिहाई बहुमतको सरकारको प्रधानमन्त्रीले देश बनाउन छोडेर मिनेट–मिनेटमा यो सरकार ढल्दैन भनेर हिँड्नुको कारण के हो ? भनेपछि आत्मबल बेगरको प्रधानमन्त्रीले देश चलाइराखेको छ ।

सरकार १ मिनेट नटिक्न सक्छ । तर, प्रधानमन्त्रीले देशको निम्ति निर्णय गरेर निस्किन सक्नुपर्छ । प्रधानमन्त्रीको आजको दिनचर्य हाम्रो सरकार पूरा अवधि टिक्छ भनेर गएको छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले दायाँबायाँ भ्रष्टाचारी राखेर बसेको उनको टिप्पणी छ । पूर्वमन्त्री किरातीले प्रधानमन्त्री ओलीको क्याविनेटमा दिनदहाडै गुण्डागर्दी शैलीमा राज्यको सम्पत्ति हडप्ने र कालोसूचीमा परेका कम्पनीका मालिक मन्त्री रहेको दाबी गरे ।

‘भ्रष्टाचारीहरुसँगै सल्लाह लिनुहुन्छ, भ्रष्टाचारीहरुलाई नै दायाँबायाँ राखेर मन्त्रिपरिषद्को बैठक बसाउनुहुन्छ । भ्रष्टाचारीहरुले नै मन्त्रालय चलाएको छ,’– उनले भने ।

साथै, प्रचण्ड नेतृत्वको पछिल्लो कार्यकालमा भ्रष्टाचारीहरुलाई लाइन लगाएर जेल पठाएको उनले बताए । माओवादी नेतृत्वको कुनैपनि सरकारले राष्ट्रघाती काम नगरेको नेता किरातीले बताए ।

 

प्रतिक्रिया