December 18, 2024, 3:55 pm
» इट्टाभट्टामा काम गर्ने प्रकाश को मृत्यु » परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान » मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन » गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह » नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा

पुस ३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सचिवमा निर्वाचित भएका छन् ।

यसअघि काठमाडौं शाखामा कार्यसमिति सदस्यका रुपमा सक्रिय बोहोरा गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।

नेपालमा लोकतन्त्र स्थापनाका साथै जनतालाई सुसूचित गर्न अहं भूमिका निर्वाह गरी इतिहास कायम गरेका साना तथा स्वरोजगारमूलक साप्ताहिक पत्रिकाहरुको हित र संरक्षणमा निरन्तर लागिपरिरहेका बोहोरा सचिव जस्तो जिम्मेवारीपूर्ण पदमा निर्वाचित भएसँगै समग्र पत्रकारहरुको साझा समस्या समाधान हुने विश्वास आम पत्रकारहरुले गरेका छन् ।

बोहोराको कार्यकालमा नेपाली पत्रकारिता क्षेत्रमा उत्पन्न विवाद समाधान गरी पत्रकारहरुको साझा संस्थाका रुपमा महासंघलाई स्थापित गर्ने र गैरपत्रकारहरुको प्रवेश रोक्न सफल हुने विश्वास गरिएको छ ।

निर्वाचित भएपछि पत्रकार बोहोराले आफू सम्पूर्ण पत्रकारहरुको साझा मुद्दा बोकेर निरन्तर लागिपर्ने र विगतमा भन्दा अझ बढी सक्रिय हुँदै पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया