December 18, 2024, 1:47 pm
» मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो » विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त » कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस् : नेपाल टेलिकम » पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा » राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

दुर्गा प्रसाईंको रिटमा कारण देखाऊ आदेश

पुस ३, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गरेको हो । अदालतले बन्दीसहित उपस्थित हुन पनि भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशपछि ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । तर, रिहा हुनेबित्तिकै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आपराधिक लाभसम्बन्धी अर्को कसूरमा पक्राउ गरेको हो ।

उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईंले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा सीआईबी, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया