January 8, 2025, 4:02 am
» Quake in China’s Tibet kills 126 with tremors felt in Nepal, India » पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात » भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह » सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी » बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले गरे श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता

पुस १, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

नयाँदिल्ली– श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।

श्रीलंकाका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । श्रीलंकाका राष्ट्रपति श्रीलंकाका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहेका छन्।गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कूटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया