December 23, 2024, 12:57 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

नुवाकोट पत्रकार महासंघमा दुई अध्यक्ष, समान मत पाएपछि आलोपालो नेतृत्व

मंसिर ३०, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

नुवाकोट : नेपाल पत्रकार महासंघको २७ औं महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा नुवाकोटमा नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षका प्रत्यासीहरू नवराज सुवेदी र रामहरि गजुरेलले बराबर अर्थात् ३३ मत पाएपछि कार्यकाल पनि बराबरी बाँडेर  दुबैलाई विजयको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन समितिका संयोजक राममणी अधिकारीले जानकारी दिए

अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार सुवेदी र प्रेस संगठन र समावादी प्रेस संगठनको संयुक्त उम्मेदवार गजुरेल चुनावमा भिडेका थिए ।

निर्वाचनको मत परिणामपछि शनिबार बेलुकी उम्मेदवारसहितको सर्वपक्षीय सहमति अनुसार निर्वाचन समितिले दुवै अध्यक्षलाई कार्यकाल अवधिको मिति नै तोकेर प्रमाणपत्र वितरण गरेको छ ।  प्रमाणपत्र पाएपछि दुवै अध्यक्षले निर्वाचन एउटा प्रक्रिया मात्र भएको जनाउँदै अब पत्रकार र पत्रकारिताको स्तर वृद्धिका लागि एकतावद्ध भई अगाडि बढ्ने विश्वास व्यक्त गरे।

नयाँ नेतृत्वका लागि अध्यक्षसहित सबै पदमा मतदान भएको थियो । कुल ८० मतदाता रहेकोमा ६९ मत खसेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ नुवाकोटको उपाध्यक्षमा प्रेस संगठनका जगदीश खनाल ,महिला उपाध्यक्षमा प्रेस युनियनकी आत्मा गुरागाई विजयी भएका छन्।

सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा तथा कोषाध्यक्षमा सुरज सिलवाल विजयी भएका छन्।

सदस्यहरूमा करुणा लामिछाने,पार्वती विक,सुनिता गुरुङ,अन्जली प्याकुरेल,प्रल्हाद पुडासैनी,पुण्यप्रभा ढुंगाना,शिवराम भण्डारी र सज्जनउत्सुक सापकोटा विजयी भए । महासंघको केन्द्रीय परिषद् सदस्यमा देवचन्द्र भट्ट र  विष्णु तारुके जम्कट्टेल विजयी भए । बागमती प्रदेश परिषद् सदस्यमा आषिश ढुङ्गाना,किरणप्रसाद अधिकारी,भरतसन्तोषी लामा, विनय बञ्जारा  विजयी भएका छन् ।

प्रतिक्रिया