December 23, 2024, 12:17 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

संसद् आक्रमणको २३ वर्ष: प्रधानमन्त्री मोदीलगायत विपक्षी नेताहरूले दिए श्रद्धाञ्जली

मंसिर २८, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद् भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानले राष्ट्रलाई सदैव प्रेरणा दिने बताएका छन् ।

सन् २००१ को डिसेम्बर १३ मा लश्कर-ए-तैयबा र जैशए-मोहम्मदले संसद्मा आक्रमण गर्दा दिल्ली प्रहरीका पाँच, संसद् सुरक्षा सेवाका दुई जवान, सीआरपीएफका एक जवान र एक मालीको मृत्यु भएको थियो ।

उक्त घटनाले भारत र पाकिस्तानबीच तनाव बढेको थियो । यसैगरी भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा साहदत्त प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिङ्गो देश आतङ्कवादविरुद्ध उभिएको बताएका छन् ।

उनले भने, ‘सन् २००१ को संसद् आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । उनीहरूको बलिदानले हाम्रो राष्ट्रलाई सधैँ प्रेरणा दिनेछ।’ आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले संसद् आक्रमणका क्रममा आफ्नो ज्यानको आहुति दिने सैनिकहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘कृतज्ञ राष्ट्रको तर्फबाट अमर शहीदहरूप्रति सम्मानपूर्ण श्रद्धाञ्जली । आज हामीले संसद् भवनमा भएको आतङ्कवादी हमलामा शहीद भएका भारत माताका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका छौँ ।’

आप प्रमुखले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘आजको दिनले हामीलाई ती वीर सैनिकहरूको सम्झना गराउँछ, जसले संसद् भवनमा भएको आतङ्कवादी हमलामा देश र हाम्रो लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन बलिदान गरे । ती सबै बहादुर सैनिकहरूको अमर शहादतलाई लाखौं सलाम छ ।’

श्रद्धाञ्जलीले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसद्मा भएको भयानक आतङ्ककारी हमलाको स्मरण गराएको छ ।

सन् २००१ को डिसेम्बर १३ मा गृह मन्त्रालय र संसद्को लेबल भएको कारमा संसद्मा प्रवेश गरेका पाँच जना आतङ्ककारी मारिएका थिए । त्यतिबेला संसद् भवनभित्र प्रमुख राजनीतिज्ञसहित १०० भन्दा बढी व्यक्ति थिए । बन्दुकधारीहरूले आफूले चलाएको कारमा परिचयपत्रको नक्कली स्टिकर प्रयोग गरी संसदीय परिसर वरपर तैनाथ सुरक्षाकर्मीलाई सजिलै झुक्क्याउन सफल भएका थिए ।

आतङ्कवादीहरूले एके ४७ राइफल, ग्रेनेड लन्चर र पेस्तोलद्वारा आक्रमण गरेका थिए ।

प्रतिक्रिया