December 24, 2024, 1:19 pm
» बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार » प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता » रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल » थाइल्यान्डबाट पाँच नेपालीको उद्धार » श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

मंसिर २८, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं,  : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन् ।

पक्राउ मध्ये सुदिपले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख १० हजार रूपैयाँ र भानुले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई काठमाडौं गल्कोपाखाबाट बुधबार र भानुलाई काठमाडौं बौद्धबाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया