December 12, 2024, 8:08 pm
» ठगी धन्दामा सिन्धुपाल्चोक युवा संघ नेपालका सचिव समेत संलग्न : दुई जना पक्राउ » स्काउटसँग जोडेर ऊर्जामन्त्रीमाथि लगाइएको आरोप गलत » टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा » अदालतले छाडे लगत्तै दुर्गा प्रसाईं फेरि पक्राउ परे » प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र

मंसिर २७, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं – नवनियुक्त नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले चीन सरकारका उच्च अधिकारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्‌ ।

चीनको विदेश मन्त्रालय अन्तर्गत शिष्टाचार विभागका उपमहानिर्देशक ली जिनजिनलाई उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन्‌ । नेपाली राजदूतहरूले यसअघि पनि चीनको सोही विभागका उपमहानिर्देशकलाई ओहदाको प्रमाणपत्र बुझाउने गरेका थिए ।

विभागका उपमहानिर्देशक जिनले चीनका लागि नेपालका राजदूतका रुपमा ओलीलाई स्वागत गरे । साथै; सफल कार्यकाल निम्ति शुभकामना पनि दिए ।

राजदूत ओलीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारको सिफारिसमा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गएको कात्तिक २५ गते चीनका लागि नेपाली राजदूत नियुक्त गरेका थिए ।

प्रतिक्रिया