December 26, 2024, 2:59 am
» Weather likely to remain fair across the country » अर्थसहित चारवटा समितिको बैठक बस्दै » ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित » आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने » यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

मंसिर २५, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं, 

दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।

प्रतिक्रिया