December 23, 2024, 2:01 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

एनपीएलः कर्णालीलाई पोखराले दियो १०४ रनको लक्ष्य, विलिएमले दिए ६ विकेट

मंसिर २५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ, 

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा कुनै पनि बलरले एकै खेलमा यति धेरै विकेट लिएको यो पहिलो अवसर हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात भने निकै राम्रो गरेको थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३।५ ओभरमा ४६ रन जोडेका थिए । गाउस १२ बलमा २५ रन जोड्दै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै, खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए ।

त्यसपछि भने पोखराले लय गुमायो । मात्र ४३ रनमा टोलीले थप ६ विकेट गुमाउन पुग्यो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।

प्रतिक्रिया