रोकायाले भने, ‘दुर्लभ रेडपाण्डाको वासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित भएका छौँ । यसको संरक्षण जरुरी छ । के गर्दा रेडपाण्डाको वासस्थान जोगाउन सकिन्छ भन्ने विषयमा खोजी गर्न थालेका छौँ ।’
सर्वसाधारणलाई सचेत गराउने, जङ्गल फडानी गर्नेलाई समुदायस्तरमा स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको स्थानीय ६५ वर्षीय मुनबहादुर बुढाले बताए।
समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौँ र हातेमालो नेपाल जुम्ला शाखाले ती क्षेत्रमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यान्वयनमा ल्याएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिए। जिल्लाको सिञ्जा, तातोपानी, पातारासी गाउँपालिकाका पाँचवटा सामुदायिक वनमा रातो हाब्रेको वासस्थान रहेको छ ।
पातारासीको महारुद्र आधारभूत विद्यालय र सिञ्जाको चुलेलगाउँ माविमा कक्षा-६ मा वातावरण संरक्षणसम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन-अध्यापन भइरहेको छ ।
पातारासीको महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा दुईवटा क्यामेरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीनपटक क्यामेरा हेर्ने गरिएको छ । चारवटा सामुदायिक वनमा १७ हजार बढी वृक्षारोपण गरिएको छ ।
प्रतिक्रिया