बीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको पदाभार आजबाट पुनः महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णले ग्रहण गर्नुभएको छ ।
संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णलाई पुनः प्रमुख प्रशासकिय अधिकृतको जिम्मा दिएसँगै आज एक कार्यक्रमका बिच नगरप्रमुख राजेशमान सिंहले आफ्नो कार्यकक्षमा कर्णलाई कार्यकाल सफलताको शुभकामना सहित पुनः स्वागत गर्नुभएको छ ।
वीरगंज महानगरपालिकामा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मात्रिका भट्टराईको सरुवा भएसँगै मन्त्रालयले छोटो अवधिकालागि (तिहारसम्म) कर्णलाई जिम्मेवारी दिएको र समय अवधि सकिएपछि झण्डै एक महिना देखि वीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहीन बन्न पुगेको थियो ।
एक महिना देखि महानगरपालिकाको आर्थिक कारोबार ठप्प भएसँगै महानगरपालिकाको कामकारवाही प्रभाबित हुदै आएको थियो ।
कर्णले आजबाट कार्यभार सम्हालेसँगै महानगरका सम्पुर्ण गतिबिधि एक दुई दिन भित्रैमा सामान्य रुपमा आउने जनाईएको छ ।
प्रतिक्रिया