December 23, 2024, 2:10 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्री छुएश्याङबीच भेटवार्ता

मंसिर २१, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौँ, २१ मङ्सिर : चीन भ्रमणममा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको हो ।

भेटवार्तामा पूर्वप्रधानमन्त्री खनालले आधुनिककरणको प्रक्रियाबाट चीनले गरेको विकास तथा आर्थिक प्रगतिको सराहना गर्नुभयो ।

चिनियाँ उपप्रधानमन्त्री छुएश्याङले चीन बहुध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्व व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै विश्वशान्ति, शान्तिपूर्ण सहअस्तित्व र विकास तथा समृद्धितर्फ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फारेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन गत शनिबार ग्वाङ्झाउ पुग्नुभएका पूर्वप्रधानमन्त्री खनालले चीनको टेलिभिजन नेटवर्क (सिजीटीएन)सँग अन्तर्वार्ताका क्रममा नेपाल–चीन सम्बन्ध, बीआरआई परियोजना र आफू सहभागी भएको अन्डरस्टाण्डिङ चाइना कन्फरेन्सका बारेमा चर्चा गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री खनाल यही मङ्सिर २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया