December 22, 2024, 11:44 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

मंसिर २१, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। रवि बोपाराको अर्धशतको मद्धतले चितवनले निर्धारित ओभरमा ७ विकेट बनाएर १३० रन बनाएको हो।

बोपाराले ५९ रनको अविजिति पाली खेलेका थिए। उनले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे। त्यस्तै चितवनका कप्तान कुशल मल्ल २३, विपिन रावल ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए। त्यस्तै जिसन मक्सुदले २ र सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।

प्रतिक्रिया