December 23, 2024, 2:55 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

अपाङ्गता भएकालाई रोजगारीसँग जोड्न जरुरी : मन्त्री भण्डारी

मंसिर २०, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

ललितपुर – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकाहरुलाई कसरी जोड्ने भनेर लागि परेको बताएका छन्।

नेत्रहीन युवा सङ्घको आयोजनामा ललितपुरमा भएको अपाङ्गता भएका युवाको राष्ट्रिय सम्मेलनको आज समापन समारोहमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरु समतामूलक समाजको हिस्सेदार भएको बताए ।

यो सम्मेलन सरकारलाई नीतिगत सुधारका लागि सुझाव दिन महत्वपूर्ण छ, यहाँबाट बनेको घोषणापत्र तपाईंहरुको हितका लागि नीति, बजेट तथा कार्यक्रम तय गर्न सरकार तत्पर छ, यो सम्मेलन अधिकार प्राप्तिको लडाईंको पहिलो चरण हो”, उनले भने ।

सम्मेलनले तय गरेको नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री भण्डारीले बताए । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उनको भनाइ थियो ।

हामी श्रम ऐन र रोजगार ऐनको संशोधन तथा व्यवस्थापनमा लागेका छौँ, सार्वजनिक निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकालाई कसरी जोड्ने भनेर लागेका छौँ, रोजगारदाताको मागअनुसारको तालिम दिएर सीप विकास गर्न सक्छौँ, रोजगारदातालाई रोजगारी खोज्नेसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिएका छौँ”, उनले भने ।

प्रतिक्रिया