December 22, 2024, 11:46 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

चलेनन् काठमाडौंका ओपनर, बनाउन सकेनन् दोहोरो रन

मंसिर २०, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्ध जवाफी ब्याटिङमा रहेको काठमाडौं गुर्खाजले दुवै ओपनरलाई गुमाएको छ ।

४ दशमलव २ ओभरमा २७ रनको अवस्थाका काठमाडौंले २ विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा ओपनर शंकर राना आउट भए । ७ बल खर्चेर ३ रन बनाएको अवस्थामा उनी सुदूरपश्चिका सैफ जाइबको बलमा बोल्ड भएका हुन् ।

यसअघि अर्का ओपनर माइकल लेभिट पनि सात बल खेलेर आउट भएका थिए । दोस्रो ओभरको पहिलो बलमा माइकल लेभिट ५ रनको अवस्थामा बाहिरिएका थिए ।

पछिल्लो पटक काठमाडौंले भीम सार्कीलाई पनि गुमाएको छ । भीम ८ बलमा १० रन बनाएको अवस्थामा रनआउट हुन पुगेका हुन् ।कीर्तिपुर मैदानमा टस जितेर जवाफि ब्याटिङका उत्रिएको काठमाडौंले १६८ रनको लक्ष्य पाएको छ । ताजा अवस्थामा काठमाडौंले सातौँ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४३ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया