December 22, 2024, 11:46 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

म्याकमुलमको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

मंसिर २०, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं, 

नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए । ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् ।

यस्तै विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहदैँ स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त दश रन पायो ।

काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीले एक-एक विकेट हात पारे । अहिले काठमाडौँ गुर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ । रासस

प्रतिक्रिया