January 10, 2025, 4:54 pm
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

संकटति विराटनगर, दुई ब्याटर शून्यमै आउट

मंसिर १९, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सलाई चौथो झट्का लागेको छ ।

विराटनगरले चौथो विकेटका रुपमा निकोलशलाई शून्यमै गुमाएको हो ।

यसअघि विराटनगरले तेस्रो विकेटका रुपमा राजेश पुलामी मगरलाई १० बलमा ४ रन बनाएको अवस्थामा गुमाएको थियो । उनी क्याच आउट भए ।

त्यसपहिले दोस्रो विकेटका रुपमा न्युजिल्यान्डका ओपनर ब्याटरसमेत रहेका विराटनरका मार्टिन गप्टिललाई दुर्गेश गुप्ताले बोल्ड आउट गरे ।

मार्टिनले १७ बलमा २८ रन जोड्न ६ चौका प्रहार गरेका थिए । त्यसअघि विराटनगरले पहिलो विकेटका रुपमा पहिलो ओभरको अन्तिम बलमै ओपनर इस्मत आलमलाई गुमाएको थियो । ३ बल खर्चेका उनले खाता खोल्नै सकेनन् ।

अहिले क्रिजमा ओपनर लोकश बम र राजेश पुलामी मगर छन् । लोकश टिमलाई जीत उन्मुख गराउन प्रसारत छन् । उनले २७ बलमा ३८ रन जोडेका छन् ।

विराटनगर अहिले १० ओभरमा ४ विकेट गुमाउँदै ७३ रन बनाएर खेलिरहेको छ । लगातार विकेट गएपछि विराटनगर लुम्बिनीको चुनौती पछ्याउने क्रममा धर्मराउन पुगेको छ ।

प्रतिक्रिया