December 22, 2024, 11:59 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन

मंसिर १८, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत चितवन राइनोजविरद्धको खेलमा पोखरा एजेन्जर्स संकटमा परेको छ । ४ ओभरमा ६ विकेट गुमाएर ७ रन मात्रै जोडेको छ ।

कीर्तिपुर मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरालाई पहिलो ओभरको पहिलो बलमै झड्का लाग्यो । पहिलो ओभरमै तीन विकेट गुमाए पोखरा दबाबमा परेको छ ।

ओपनर तथा कप्तान कुशल भुर्तेल चितवनका सोहल तनवीर पहिलै बलमा आउट भए । रनको खाता खोल्न असफल भुर्तेललाई सोहलले रवि बोपरामार्फ क्याच आउट गराए ।

कुशल बाहिरिएपछि क्रिजमा दिलिप नाथ आएका थिए । उनी पनि सोहलकै बलको शिकार भए । चार बलमा चार रन जोडेका उनलाई सोहलले दीपक बोहोरामार्फत क्याच आउट गराए ।

पोखरका अर्का खेलाडी बास दे लीडे पनि सोहलको बलबाट मैदान टिक्न सकेनन् । लीडे उनको पहिलो ओभरको अन्तिम बलमा लुक बेन्केस्स्टाइनमार्फत क्याच आउट भए । १ बल मात्रै खेलेका लीडेले पनि रनको खाता खोल्न सकेनन् ।

पहिलो ओभरमै धरमराएको पोखरा दोस्रो ओभरमा सम्हालिन खोज्यो । विकेट खसेन । तर तेस्रो ओभरकै पहिलो बलमा अर्का ओपरन दिनेश खरेल पनि आउट भए । १२ बल खर्चेका उनले १ रन मात्रै जोडे । उनलाई रिजन ढकालले एलबीडब्ल्यू आउट गरे ।

पोखराले विकेट गुमाउने क्रम यही रोकिएन । तेस्रो ओभरको तेस्रो बलमा किरण थगुन्नालाई रिजन ढकालले एलबीडब्ल्यू आउट गरे । किरणले दुई बलमा १ रन जोडे । तेस्रो ओभरको अन्तिम बलमा छटौं विकेट खस्यो । माइकल लिस्क रिजनकै बलमा रनको खाता नखोली एलबीडब्ल्यू आउट भए ।

यसरी ६ विकेट गुमाउँदा पोखरा चौथो ओभरमा ७ रनको नाजुक अवस्थमा पुगेको छ । सोहल र रिजन दुवैले एक ओभरभित्र ३ विकेट लिएका हुन् ।

प्रतिक्रिया