December 23, 2024, 12:33 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन

मंसिर १४, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

टोकियो,

जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ ।सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो । अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो ।

यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी आयोयामा । अहिले यिनै आयोयामा साइन्स कम्पनीका अध्यक्ष बनेका छन् । उनको कम्पनीले बाथटब र शावरहेड बनाउने गरेको छ ।

यही वर्ष आयोयामाले मान्छे धुने अत्याधुनिक मेशिन लञ्च गर्ने तयारी गरिरहेका छन् । सन् १९७० को एक्सपोको ‘लेगासी’ को रुपमा आफूहरूले नयाँ मेशिन ल्याउन लागेको हालै पत्रकारहरू समक्ष बोल्ने क्रममा आयोयामाले भनेका थिए ।

मेशिनको अपडेटेड मोडल सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा प्रदर्शनमा राखिने पनि उनले बताएका छन् । सन् १९७० को ह्यूमन वाशिङ मेशिनमा प्रयोगकर्तालाई सफा पारिदिन ठुलो एयर बबल निकाल्न र उनीहरूको मसाजका लागि प्लास्टिक बल निकाल्न अल्ट्रासाउन्डको प्रयोग गरिएको थियो ।

अहिले कम्पनीले बनाउन लागेको मेशिनमा भने साना, माइक्रोस्कोपिक एयर बबल प्रयोग गरिएको छ । यसमा सही तापमान कायम राख्नका लागि प्रयोगकर्ताको नाडीको चाल र अन्य डेटा मापन गर्न विशेष सेन्सर जडान गरिएको छ ।

यसमा भएको एआई सिस्टमले प्रयोगकर्ता शान्त छ वा आत्तिएको वा रोमाञ्चित छ भन्ने निर्धारण गर्न सक्ने बताइएको छ । कम्पनीले बनाएको ह्युमन वाशिङ मेशिनले कसरी काम गर्छ भनेर हेर्न बाँकी नै छ ।

आगामी वर्षको ओसाका एक्सपोमा प्रदर्शनको समयमा यो मेशिनबाट हजार जनासम्मलाई नुहाउन दिइने आशा कम्पनीले गरेको आयोयामाले भनेका छन् । रासस

प्रतिक्रिया