January 11, 2025, 5:01 am
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

चेक चोरी गरी पैसा सटही गर्ने दुई जना पक्राउ

मंसिर १४, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

मोरङ,  : चेक चोरी गरी पैसा सटही गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-६ खर्साल टोल बस्ने १९ वर्षीय सुमित सागर यादव र २३ वर्षीय टंक प्रसाद यादव रहेका छन् ।

उनीहरूले मंसिर ७ गते बुढीगंगा गाउँपालिका-४ स्थित मनमोहन स्मृति पोलिटेक्निक परिसरको लेखा शाखाको कोठा भित्रबाट विभिन्न बैंकका हस्ताक्षर गरेको ६ वटा र खाली चेक ८ वटा गरी जम्मा १६ वटा चेकहरू चोरी गरी उक्त चेकहरु मध्ये एभरेष्ट बैंकको चेकबाट कीर्ते सहि छाप गरी उक्त बैंकको विभिन्न शाखाबाट जम्मा २ लाख ६६ हजार ६ सय ९२ रूपैयाँ सटही गरेको र एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट सटही गर्ने क्रममा बैंकलाई शंका लागि प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट चोरी सम्बन्धी मुद्धामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया