January 11, 2025, 7:08 am
» अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण » आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना » भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह

गाई मारेको आरोपमा झापामा चार जना पक्राउ

मंसिर १३, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं,  । गाई मारेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापाको बारादशी गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुदन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भएका २० वर्षीय दिलवार हुसेन र उनकी श्रीमती १९ वर्षीय महिदा खातुन छन् ।

प्रहरीका अनुसार मंगलबार राति झापाको कन्काई नगरपालिका-३ का लीलाप्रसाद सिलवालले आफ्नो गोठमा बाँधिएको गाई हराएको बताएका थिए ।

उनले राति १० बजेतिर इलाका प्रहरी कार्यालय सुरुंगामा गाई हराएको जानकारी गराएका थिए ।

जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका वडा नम्बर ३ टप्पु चोकस्थित लिला संग्रौलाको घरमा डेरा गरी बस्ने उनीहरूले चोरिएको गाईलाई मारेर मासु खाएर फरार भएको पत्ता लगाएको थियो ।

तर, उनीहरू कोठाबाट भागिसकेका थिए । उनीहरूलाई मेचिपुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया