November 27, 2024, 12:28 pm
» परराष्ट्रमन्त्री भोलि चीनको औपचारिक भ्रमणमा जाँदै » क्यानडाले किन निष्कासन गर्‍यो दुई नेपालीलाई? » धनी र गरीबबीचको खाडल मेटिनुपर्छ : प्रधानमन्त्री » सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो » संविधानको मूलभूत विषयमा संशोधन गर्न सकिँदैन : गगन थापा

गुल्मीमा धान उत्पादन वृद्धि

मंसिर १२, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा सीमित रह्यो ।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो । गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् ।

मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ ।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया